२३ असार २०८३, मंगलबार

दैलेख कांग्रेसको सभापतिमा रेग्मी निर्वाचित

मंसिर १३, २०७८
दैलेख कांग्रेसको सभापतिमा रेग्मी निर्वाचित

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्यसमितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उनी विजयी भएका हुन् ।

गत शुक्रवारदेखि शुरूआत भएको अधिवेशनमा शनिवार मतदान र आइतवार साँझ मतगणना सम्पन्न भएको थियो ।

जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ५५९ मत खसेको थियो । कांग्रेसका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता विवशकुमार बस्नेतले उपसभापतिमा नवराज शाही, रीताकुमारी शाही, सचिवमा खेमराज वली, नारायणप्रसाद रेग्मी, सहसचिवमा कनकबहादुर सेन र महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधिमा विमलविक्रम शाही र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरबहादुर खड्का निर्वाचित भएका छन् ।

कांग्रेसका पुराना नेता नवनिर्वाचित रेग्मी १३ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भई पराजित भएका थिए । दैलेख क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापति भण्डारी हाल दुल्लू नगरपालिकाका प्रमुख हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्