२२ जेठ २०८३, शुक्रबार

काठमाडौं कांग्रेसको सभापति पदमा सबुज बानियाँ निर्वाचित

मंसिर १३, २०७८
काठमाडौं कांग्रेसको सभापति पदमा सबुज बानियाँ निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापति पदमा सबुज बानियाँ निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले हराउँदै बानियाँ सभापति पदमा विजयी भएका छन् ।

निर्वाचित बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा निकट मानिन्छन् ।

पराजित कार्की सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

काठमाडौं जिल्ला कार्यसमितिमा बानियाँको प्यानल नै निर्वाचित भएको छ ।

काठमाडौंको उपसभापति पदमा गोकर्ण केसी र राजकुमार नकर्मी तथा सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनीले जितेका छन् ।
 
जिल्ला कार्यसमिति सहसचिव पदमा प्रा.डा. अमिता प्रधान र सुस्मिता प्रधान निर्वाचित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्