२१ जेठ २०८३, बिहीबार

वर्षमान पुनको स्वास्थ्यमा सुधार, केही समयपछि निको भएर नेपाल फर्कने चिकित्सकको भनाइ

मंसिर १३, २०७८
वर्षमान पुनको स्वास्थ्यमा सुधार, केही समयपछि निको भएर नेपाल फर्कने चिकित्सकको भनाइ

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । 

गत शुक्रवार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार शुरू गरिएको थियो । 

उपचार शुरू गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् । 

नेता पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षणअनुसार नेता पुनलाई सताएको विश्वमै बिरलै देखिने जण्डिस ९बिलरुविन०को मात्रा समेत घटेर १८ मा झरेको छ । 

यसअघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ । 

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएको नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए । 

‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान थाल्नु भएको, सबैसँग कुरा गर्न थाल्नुभयो अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरामुक्त रहेको र छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्,’ चपागाँईले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ । दिसामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो ।’

नेता पुनले गएराति अध्यक्ष प्रचण्डसँग भिडियोमा कुराकानी गरेका थिए ।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्