२० असार २०८३, शनिबार

मुस्लिम महिला यसकारण हिन्दू धर्ममा प्रवेश गरिन्

कात्तिक २०, २०७४
मुस्लिम महिला यसकारण हिन्दू धर्ममा प्रवेश गरिन्
गाजियाबाद– धेरै संघर्षपछि गाजियाबादका एक मुस्लिम महिलाले हिन्दू धर्ममा प्रवेश गरिन् । भारतीय शिवसेनाका राष्ट्रिय अध्यक्ष अमित आर्यनको नेतृत्वमा शबनम नामका मुस्लिम महिलाले हिन्दू धर्म अँगालेकी हुन् । 
सांकेतिक तस्वीर

आर्य समाजका विद्धानहरुले वैदिक पूजाविधि सहित उक्त महिलालाई हिन्दू धर्ममा प्रवेश गराएका थिए ।

हिन्दू धर्मका आएपछि ती महिलाको नाम सीमा राखिएको छ । तीनवटा सम्बन्धविच्छेड सम्म पनि वैध मान्ने प्रचलनका विरुद्ध र अन्यायमा पल्सिएका महिलाको सहयोगको लागि शिवसेनासँग मिलेर अगाडि बढ्ने योजना रहेको उनले सुनाइन् ।

शिवसेनाका राष्ट्रिय अध्यक्ष अमित आर्यनले ती महिलाको धर्म परिवर्तनको लागि कुनै दबाब नदिइएको बताए । तर अन्यायमा परेर सहयोगका लागि आएका मुस्लिम महिलालाई सहयोग गर्ने उनले बताए ।

प्रशासनले निकै टगारो लगाएपनि ती महिलाले आखिरमा धर्म परिवर्तन गरेरै छाडेको उनले बताए । उनले भने ‘ स्वेच्छाले कसैले पनि वैदिक विधि अनुरुप धर्म परिवर्तनको लागि तयार हुनसक्छन् । ’ सबैलाई शुद्धिकरणको अधिकार भएको अमित आर्यनले बताए ।

कैला भट्टामा बस्ने यी महिलालाई उनका पतिले सन २०१४ डिभोर्स दिएका थिए । डिभोर्सको केही समयपछि नै ती महिला पतिको घर छोड्न बाध्य भइन् । उनको तीन बच्चा छन् ।

पतिले आफूलाई भ्रममा राखेर घर फिर्ता बोलाएको र आफूलाई वेश्यावृत्तिको लागि दबाब दिइएको ती पीडित महिलाले आरोप लगाइन् । नवभारत टाइम्स

salt training

कमेन्ट गर्नुहोस्