०१ साउन २०८३, शुक्रबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन: १९ मध्ये १४ पदाधिकारीका लागि मतदान हुने

एमाले महाधिवेशन: १९ मध्ये १४ पदाधिकारीका लागि मतदान हुने

नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने १९ मध्ये १४ पदाधिकारीमा मतदान हुने भएको छ । 

अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान हुने भएको हो । बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले ल्याएको सूचीमा असन्तुष्टि जनाउँदै केही नेताले उम्मेदवारी दर्ता गराएपछि १४ पदमा मतदान हुने भएको हो । 

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने सर्वसम्मति भएको छ । अध्यक्षमा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । 

यस्तै उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जना र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनेछ । ओलीले गरेको घोषणा अघोषित प्यानल जस्तै भएकोले ६ जना निर्वाचित हुने प्रवल सम्भावना छ । 

ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापालाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । 

ओलीले प्रस्ताव गरेका ७ सचिवमा असन्तुष्टि जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि मतदान हुने भएको छ । 

सचिवका लागि ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन् । 

अध्यक्ष, ६ उपाध्यक्ष र ७ सचिव पदका लागि सोमवार राति मतदान हुनेछ । एमालेले गठन गरेको निर्वाचन आयोगले सोमवार राति ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । 

शुक्रवार शुरू भएको एमालेको दशौं महाधिवेशन आइतवार नै सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा लम्बिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्