०८ साउन २०८३, शुक्रबार

कौन बनेगा करोडपतिको १ हजार एपिसोड पूरा भएपछि भावुक बने अमिताभ

मंसिर १३, २०७८
कौन बनेगा करोडपतिको १ हजार एपिसोड पूरा भएपछि भावुक बने अमिताभ

प्रसिद्ध रियालिटी टीभी शो कौन बनेगा करोडपतिको एक हजार एपिसोड पूरा भएको छ । 

यो शो विगत २१ वर्षदेखि दर्शकहरूलाई मनोरञ्जन गर्दै आइरहेको छ । 

शोको यस ऐतिहासिक अवसरमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा विशेष अतिथिका रूपमा पुगेका थिए । 

श्वेताले पिता अमिताभलाई सोधिन्, ‘एक हजारौं एपिसोड पूरा हुँदा तपाईंलाई कस्तो अनुभव भइरहेको छ ?’ जवाफमा अमिताभले बताए, ‘संसारै परिवर्तन भएको जस्तो लागिरहेको छ ।’

यसो भन्दै उनी भावुक भए । 

यो प्रोमो भिडियोलाई सोनी टीभीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा शेयर गर्दै यस्तो क्याप्सन लेख्यो, ‘अनुहारको मुस्कान, आँखामा खुशीको आँसु, धेरै ज्ञान र सबैको प्रेम पाएर केबीसीले एक हजार एपिसोड पूरा गरेको छ । यस सुन्दर क्षणमा अमिताभ सर भावुक हुनुभयो । यस यात्राको एक झलक हेर्नुस्, पूरा एपिसोड हेर्न नभुल्नुहोला ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्