१० साउन २०८३, आइतबार

तालिबानले युरोपेली संघसँग माग्यो सहयोग

मंसिर १३, २०७८
तालिबानले युरोपेली संघसँग माग्यो सहयोग

युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा  तालिबानले अफगानिस्तानको हवाईअड्डाहरू चलाउनका लागि मद्दत मागेको छ ।

 युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको आइतबार इयुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
‘वार्ताले अन्तरिम (तालिबान) सरकारको इयुद्वारा मान्यतालाई संकेत गर्दैन तर यो इयु र अफगान जनताको हितमा इयुको परिचालन संलग्नताको हिस्सा हो ’ इयु युरोपेली बाह्य कार्य सेवा (इइएएस) ले आफ्नो विज्ञप्तिमा भनेको छ ।

तालिवान प्रतिनिधिमण्डलको नेतृत्व अन्तरिम विदेशमन्त्री अमिर खान मुताक्कीले गर्नु भएको थियो । साथै शिक्षा र स्वास्थ्यका अन्तरिम मन्त्रीहरू, केन्द्रीय बैंकका कार्यवाहक गभर्नर र विदेश, अर्थ र आन्तरिक मन्त्रालयका अधिकारीलगायत र अन्य अधिकारीहरु रहेका जनाइएको छ । 

इयु पक्षको नेतृत्व अफगानिस्तानका लागि इयुका विशेष दूत टोमस निकल्सनले गरका थिए । इइएएस र मानवीय सहायता, अन्तर्राष्ट्रिय साझेदारी, र आप्रवासन नियन्त्रण गर्ने युरोपेली आयोगको सेवाका अधिकारीहरु रहेका जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्