×

NMB BANK
NIC ASIA

गाउँमै मिलापत्र हुँदा मानव अधिकारका घटना हुम्लामा न्यून

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ ।

Muktinath Bank

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो वर्ष जिल्लामा अतिन्यून घटना भएको जनाइएको छ । 
 
 इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर १२ गतेसम्म सङ्कलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरिएको थियो ।
 
 जसमा सम्मानितरुपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन, स्वास्थ्य तथा शिक्षा अधिकारका एक, महिलासँग सम्बन्धित बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका पाँच र आर्थिक तथा समाजिक अधिकारको एक घटना प्रस्तुत गरिएको थियो ।
 
 हालसम सङ्कलन गरिएका तर पुनरावलोकन गर्न बाँकी घटना भए सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेट्नुपर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । सङ्कलित घटनाबारे  चर्चा गर्दै उक्त घटनाप्रति सम्बन्धित निकायको पनि ध्यान जानु जरुरी भएको उनको भनाइ थियो । नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाले  दुई स्थानमा हुने एकै घटनाको प्रकृति पनि फरक हुने भएकाले दुईवटै क्षेत्रका घटनालाई सङ्कलन गरी एउटा अभिलेख तयार पार्नु सुखद पक्ष रहेको बताए  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष राजन रावतले हुम्ला जिल्लामा इन्सेकलाई  कुनै पनि घटना सङ्कलन गर्न भौगोलिक विकटताले समस्या  भएको थियो भने ।  


Advertisment
Nabil box
Kumari

प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले  कुनै पनि व्यक्ति थुनामा रहेर गाँस, बाँस र कपासबाट बञ्चित हुनु मानव अधिकार उल्लङ्घन  भएको चर्चा गर्दै  त्यस्ताखाले घटना यहाँ नभएको उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढीपहिराबाट समस्या झेल्दै आएका घटनालाई पनि इन्सेकले अभिलेख गर्नु  थप सराहनीय कार्य भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य छक्क रोकायाले बताए ।  रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x