
बलिउड अभिनेत्री कैटरिना कैफ र विक्की कौशलको विवाह आगामी ७–९ डिसेम्बरमा हुँदैछ ।
उनीहरू अहिले आफ्नो बिहेको धुमधाम तयारी गरिरहेका छन् ।
मिडिया रिपोर्टका अनुसार, कैटरिना र विक्कीको विवाहका लागि राजस्थानको रणथम्भोरमा ४५ होटल बूक गरिएको छ ।
३ दिनसम्म चल्ने विवाहको कार्यक्रमका लागि सो होटल बूक गरिएको हो ।