२९ असार २०८३, सोमबार

कांग्रेस गुल्मीको सभापतिमा संस्थापनइतरका पन्थी विजयी

मंसिर १३, २०७८
कांग्रेस गुल्मीको सभापतिमा संस्थापनइतरका पन्थी विजयी

नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले प्रतिद्वन्द्वी वेदबहादुर थापालाई ८८७ मत अन्तरले पराजित गरेका हुन् । 

पन्थीले १ हजार २७१ र थापाले ३८४ मत प्राप्त गरे । जिल्लामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पन्थीको प्यानल नै निर्वाचित भएको छ । पन्थीको प्यानललाई कांग्रेस युवा नेता चन्द्र भण्डारीको साथ थियो । 

त्यस्तै, उपाध्यक्षमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । केसीले १ हजार ३२ र पौडेलले १ हजार १८७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी झविन्द्र विश्वकर्माले ५०८ मत पाए भने सचिवमा भगतसिंह खड्का र जगदीश भट्टराई विजयी भएका छन् । खड्काले १ हजार २२ र भट्टराईले ९९१ मत प्राप्त गरे ।

प्रत्यासी पृथबहादुर फौजदारले १८०, पूर्ण केसीले ३४६ र थम्मन केसीले ४१५ मत प्राप्त गरेको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए ।  सहसचिवमा छवि पाण्डेयले १ हजार १३३ र धर्म पाण्डेले ८५० मत प्राप्त गरेर विजयी भएका छन् । प्रत्यासी निरोज मरासिनीले ३६२ र रेशम कुँवरले ५८१ मत प्राप्त गरेको निर्वाचन सहायक न्यौपानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्