२८ जेठ २०८३, बिहीबार

कोरोना अपडेट : थपिए २५९ संक्रमित, एक जनाको मृत्यु

मंसिर १३, २०७८
कोरोना अपडेट : थपिए २५९ संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८८८ नमूना परीक्षणमध्ये २४३ पीसीआर र १६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५२४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २६४ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ । 

हाल मुलुकभर ६ हजार ९४४ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्