०४ असार २०८३, बिहीबार

करिडोरमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

मंसिर १३, २०७८
करिडोरमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन । 

दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्