२४ जेठ २०८३, आइतबार

राष्ट्रिय राजनीतिलाई आकर्षित गर्दै विराटनगर

कात्तिक २०, २०७४
राष्ट्रिय राजनीतिलाई आकर्षित गर्दै विराटनगर
विराटनगर, १२ असार - नेपाली राजनीतिको ऐतिहासिक महत्व बोक्ने विराटनगर अहिले महानगरपालिका बनेको छ । महानगर बनेपछि पहिलो पटक हुन लागेको चुनावी स्पर्धा र सरगर्मी गाउँगाउँ, टोलटोल र घरघरमा छिरेको छ, गोरखापत्रमा खबर छ । दोस्रो चरणमा निर्वाचन हुन लागेको तीन वटा प्रदेशमा एक मात्र महानगरपालिका विराटनगरले अहिले राष्ट्रिय राजनीतिलाई नै आकर्षित गरिरहेको छ ।
निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र सङ्घीय समाजवादी फोरम नेपालबीच ठूलो टक्कर हुने देखिएको छ । मतदाता रिझाउन विभिन्न चुनावी नारा र विकासे कार्यसूची लिएर यी दलहरू घरघरमा पुगिरहेका छन् । कसैले स्मार्ट सिटी त कसैले मेगासिटी अनि कसैले विराटनगरलाई औद्योगिक नगरी बनाउने सपना बाँड्दैछन् ।
नेपाली राजनीतिमा लामो समय प्रभाव राख्ने बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जस्ता हस्ती जन्मेको ठाउँमा यसअघि पनि विभिन्न चुनाव उत्तिकै रोचक थिए । विसं २०५४ सालदेखि २०७० सालको दोस्रो संविधानसभासम्मका चुनावमा काँग्रेसले नै पकड जमाएको थियो भने २०५४ सालको स्थानीय निर्वाचनमा भने एमालेले तत्कालीन नगरमा विजय हासिल गरेको थियो ।
नयाँ संरचनाअनुसार साविकको वैजनाथपुर गाविस र बुधनगरको १, ३ र ५ वडा समावेश गरी बनेको विराटनगर महागरपालिकाका प्रमुख, उपप्रमुख लगायतमा अन्य उम्मेदवार प्रचारप्रसारको अन्तिम दिन आइतबार घरदैलौ कार्यक्रममा व्यस्त भए । महानगरपालिका प्रमुखमा १४ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्