२४ जेठ २०८३, आइतबार

म्याग्दीमा भएको जीप दुर्घटनामा ४ को मृत्यु, ४ घाइते

मंसिर १४, २०७८
म्याग्दीमा भएको जीप दुर्घटनामा ४ को मृत्यु, ४ घाइते

म्याग्दीमा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग जादै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप सोमबार साँझ बेगस्थित घात्पा (औल)मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गौमाया विक, दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्मा रहेका छन् ।  गौमाया रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । घाइतेहरूलाई उपचारका लागि पोखरा पठाइएको छ।  

salt training

कमेन्ट गर्नुहोस्