२३ जेठ २०८३, शनिबार
एमाले महाधिवेशन

एमाले अपडेटः करिब ११ सय मत खस्यो

मंसिर १४, २०७८
एमाले अपडेटः करिब ११ सय मत खस्यो

नेकपा एमालेको जारी मतदान अन्तर्गत अहिले पौने ८ बजेसम्म करिब ११ मत खसेको छ । एमाले नेता सुरेन्द्र पाण्डेले हालसम्म करिब ११ सय मत खसिसकेको भन्दै १० बजेसम्म सबै मत खसिसक्ने विश्वास व्यक्त गरे ।
उनले भोटिङ मेसिनमा कुनै इरर नदेखिएकाले अब फटाफट मतदान हुने बताए । उनका अनुसार अन्तिम नामावली प्रकाशनपछि मेसिनको सफ्टवेर फिक्स गर्न केही समय लाग्दा मतदान ढिलाइ भएको र अहिले फटाफट मतदान भइरहेको छ ।

नेकपा (एमाले)का अध्यक्षका  केपी शर्मा ओली र डा भीम रावल उम्मेदवार रहेका छन् । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।

 ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।
 
केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्