
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन् ।
थापा यसअघि पनि पार्टीको जिल्ला सभापति थिए । कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत मंगलवार सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित भएका हुन् । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गरे ।
उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९) र उर्मिला वन (५१४) निर्वाचित भए । सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित भए ।
सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी भए । जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत तथा मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए ।
जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कँवे समूहका उमेशकुमार खड्का विजयी भए । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित भए । भक्तपुर क्षेत्र नम्बर २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए ।
गत हप्ता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।