२२ जेठ २०८३, शुक्रबार

कर्णालीका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

मंसिर १४, २०७८
कर्णालीका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलवार विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि मंगलवार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार मंगलवार उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित रहने भएको छ । एमालेको मंसिर १० गतेदेखि चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरू सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्