२२ जेठ २०८३, शुक्रबार

हुम्लाका उत्तरी क्षेत्रमा सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी

मंसिर १४, २०७८
हुम्लाका उत्तरी क्षेत्रमा सेनाको हेलिकप्टरबाट खाद्यान्न ढुवानी

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । 

प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका २ वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि भोकमारीको खतरा देखिएको थियो ।

हेलिकप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पुर्‍याइएको हो । लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ । 

पुनः मंगलवार सिमकोट र हिल्साको खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताए । खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो ।

खाद्यान्न ढुवानीका लागि पहल गर्न संघीय सांसद रंगमती शाही लिमी पुगेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्