१२ असार २०८३, शुक्रबार

ट्रम्पलाई मात्रै नयाँबर्षको शुभकामना दिएर पुटिनले ओबामालाई किन दिएनन् ?

कात्तिक २०, २०७४
ट्रम्पलाई मात्रै नयाँबर्षको शुभकामना दिएर पुटिनले ओबामालाई किन दिएनन् ?
सीएनएन, १६ पुस – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ बर्षको अवसरमा विदेशी प्रमुखहरुलाई दिइएको शुभकामनामा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई शुभकामना दिन छुटाए । बरु उनको सट्टामा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने पुटिनले शुभकामना दिन भ्याए ।

यद्यपि ओबामाले अमेरिकामा रहेका रसियाका कुटनैतिक नियोगका प्रतिनिधिलाई फिर्ता पठाउने निर्णयको जवाफ दिनेक्रममा पुटिनले ओबामा सहित अमेरिकी जनतालाई शुक्रवार नै शुभकामना दिएका थिए ।

डोनाल्ड ट्रम्पलाई शुभकामना दिँदै पुटिनले आउने जनवरी २० मा ट्रम्पको सपथसँगै दुईदेशवीचको आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

आधुनिक विश्वमा स्थायित्व र सुरक्षा कायम गर्नका लागि रसिया र अमेरिकाको आपसी सम्बन्धमा आवश्यक रहेको भन्दै पुटिनले ट्रम्पलाई शुभकामना सन्देश लेखेका छन् ।

ट्रम्पले भने ‘पुटिन धेरै चलाख छन् ।’

ओबामाले अमेरिकामा रहेका रसियाका प्रतिनिधी हटाउने निर्देशन दिए पनि रुसी राष्ट्रपति पुटिन नरम हुँदै रसियामा रहेका अमेरिकी प्रतिनिधी नहटाउने जवाफ दिएका थिए ।

पुटिनको यस प्रकारको जवाफलाई ट्रम्पले शुक्रवार ट्वीट गर्दै पुटिनलाई निकै चलाख व्यक्तिको संज्ञा दिएका थिए । अमेरिका र रसिया बीचको आपसी सम्बन्धलाई लिएर पुटिनले सुझबुझ निर्णय लिएकोे बताएका थिए ।

ओबामाले सन २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाले जासुसी गरेको आरोप लगाएका थिए ।
नयाँबर्षको अवसरमा पुटिनले ब्रिटेनका रानी एलिजावेथ दोस्रो र प्रधानमन्त्री थेरेसा मेलाई शुभकामना दिए ।

अमेरिकाको पूर्व राष्ट्रपति जर्ज डब्लु बुस , पूर्व फ्रान्सेली राष्ट्रपति निकोलास सारकोजी लगायत अन्य विदेशी राष्ट्रपतिलाई पुटिनले शुभकामना दिएका थिए ।

तर पुटिनको नयाँ बर्षको शुभकामना सन्देशमा भने बाराक ओबामाको नाम कतै उल्लेख भएको छैन् । सीएनएन

salt training

कमेन्ट गर्नुहोस्