१९ असार २०८३, शुक्रबार
एमाले महाधिवेशन

मतगणना अन्तिम चरणमा : ओली १७१४, रावल २१३

मंसिर १४, २०७८
मतगणना अन्तिम चरणमा : ओली  १७१४, रावल २१३

नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । 

हालसम्मको नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १७१४ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका छन् । 

मत परिणामअनुसार ओलीको जीत सुनिश्चित भएको छ । 

मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्