३१ असार २०८३, बुधबार

चीनको आणविक हतियार देखेर तर्सियो अमेरिका, आणविक अप्रसार सन्धिमा हस्ताक्षरका लागि पहल

मंसिर १४, २०७८
चीनको आणविक हतियार देखेर तर्सियो अमेरिका, आणविक अप्रसार सन्धिमा हस्ताक्षरका लागि पहल

अमेरिकाले चीनसँग आणविक अप्रसार सन्धि गर्नका लागि कुराकानीको तयारी गरेको छ । 

पेन्टागनको एक रिपोर्टअनुसार, चीनले सन् २०३० सम्म लगभग एक हजार आणविक हतियार भेला पार्नेछ । अझ चीनसँग थप राम्रो प्रविधि भएकाले अमेरिका आत्तिएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षीसँग भर्चुअल शिखरबैठक गरेपछि अमेरिकाले कूटनीतिक च्यानलमार्फत आणविक अप्रसारको सन्धिका लागि गम्भीरतापूर्वक प्रयास शुरू गरेको हो । 

यसमा चीनको सकारात्मक सन्देशको प्रतीक्षा गरिरहेको बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले बताएका छन् । चीनसँग सन्धि भएमा मात्र एसिया प्रशान्त क्षेत्रमा शान्ति स्थापना हुनेछ । 

बदलिँदो समीकरणमा अमेरिकालाई रुसभन्दा बढी चीनबाट खतरा छ ।

त्यसमाथि रुस जस्तै गरी चीनसँग न्युक्लीयर हटलाइन अमेरिकाको छैन ।

अहिले चीनलाई भूराजनीतिक दबाब दिन सक्ने हैसियत अमेरिकासँग छ । 
 

salt training

कमेन्ट गर्नुहोस्