२६ असार २०८३, शुक्रबार

चीनमाथि नजर राख्न भारतले इजरायलसँग किन्यो हेरोन ड्रोन

मंसिर १४, २०७८
चीनमाथि नजर राख्न भारतले इजरायलसँग किन्यो हेरोन ड्रोन

भारतले रक्षा क्षेत्रलाई थप मजबूत बनाउनका लागि विभिन्न कदम चाल्न थालेको छ ।

त्यसैक्रममा लद्दाखमा चिनियाँ गतिविधिमाथि नजर राख्न भारतले इजरायलसँग हेरोन ड्रोन किनेको छ । यी ड्रोनहरूको एन्टी–जामिङ क्षमता पहिलेको भन्दा राम्रो रहेको बताइएको छ ।

ड्रोन किन्नका लागि भारत सरकारले रक्षा बलहरूलाई दिइएको संकटकालीन वित्तीय शक्तिको उपयोग गरिएको थियो । त्यसअन्तर्गत उनीहरूले युद्ध क्षमतालाई उन्नत गर्नका लागि ५०० करोड भारुको उपकरण र प्रणाली किनेको छ । 

इजरायली सञ्चारमाध्यमका अनुसार, हेरोन मार्क–२ ड्रोन संसारको सबभन्दा उन्नत प्रविधियुक्त छ । 

विमानले अनेक किसिमका पेलोडहरू लैजान सक्छ ।

यस ड्रोनमा दमदार रोटेक्स ९१५ आईएस इन्जिन राखिएको छ । त्यस इन्जिनले १० हजार मिटरसम्मको उचाइमा उड्न सहायता गर्छ ।

यसको अधिकतम गति १४० नट्स प्रतिघन्टा छ । 

यसको सेन्सरलाई ठूलो आकार दिइएको छ । त्यसपछि यो झनै खतरनाक बनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्