
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।
कुल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार ८४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताए ।
यही मंसिर १० गतेदेखि चितवनको सौराहामा शुरू महाधिवेशनमा गएराति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले २२३ मत प्राप्त गरेका छन् । ३३ जनाले भने खाली छाडेका छन् ।