०२ साउन २०८३, शनिबार

चितवन महाधिवेशनबाट एमालेले पारित गर्‍यो १७ बुँदे प्रस्ताव

मंसिर १४, २०७८
चितवन महाधिवेशनबाट एमालेले पारित गर्‍यो १७ बुँदे प्रस्ताव

मंसिर १० देखि १४ गतेसम्म चलेको नेकपा एमालेको दशौं महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ । 

मंगलवार सम्पन्न हुन लागेको महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ । 

मंगलवार साँझ शुरू घोषणा सभामा उपमहासचिवमा निर्वाचित प्रदीप ज्ञवालीले सुनाएको प्रस्ताव महाधिवेशन हलले सर्वसम्मत रुपमा पारित गरेको हो । 

प्रस्तावमा न्यायालयभित्र भइरहेको अराजकता असार २८ गतेको परमादेशको ‘बाइप्रडक्ट’ भएको उल्लेख छ । 

एमालेले परराष्ट्र नीति सम्बन्धमा सत्तारुढ दलका नेताहरूको परस्पर विरोधी धारणा र सरकारको असंगत व्यवहारको विरोध गरेको छ । एमालेले भागवण्डाका लागि प्रदेशहरूमा मन्त्रालय फुटाउने कामको विरोध गरेको छ । 

प्रस्तावमा आगामी महाधिवेशनबाट एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने अठोट गरिएको छ । एमालेले दक्षिणपन्थी अवसरवादको विरोध गरेको छ । 

वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मालाई बलियो बनाउने महाधिवेशनको अठोट रहेको बताए । औपचारिकता पूरा गर्नको लागि मात्र महाधिवेशन नगरेको उनले दाबी गरे ।

मंगलवार साँझ जारी घोषणा सभामा एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओली र अध्यक्षमा पराजित भीम रावल सहभागी छन् । पार्टीको निर्वाचन आयोगले मतगणनाको नतिजा सुनाएपछि निर्वाचितहरूको शपथ शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्