
राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा'को एकता महाधिवेशन आजदेखि शुरू हुँदैछ ।
काठमाडौंको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे महाधिवेशन उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो ।
कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।
महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन प्रतिस्पर्धामा छन् ।