
दक्षिण कोरियाले साइबर ब्यूरो स्थापना गर्न ८० करोड रूपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
सहयोगसम्बन्धी सम्झौतामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र यहाँस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गरे ।
उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराधविरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ ।
कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी ६ वर्षभित्रमा पूरा गर्नेछ ।
कोरिया सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत् नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।