×

NMB BANK
NIC ASIA

गठबन्धनका ५ दलको घेराबन्दीमा मुख्यमन्त्री राई

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस पर्न थालेको छ ।

Muktinath Bank

५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका राईलाई गठबन्धन व्यवस्थापन गरेर मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर भए पनि भागबण्डा गर्ने अवस्थामा मुख्यमन्त्री राई पुगेका छन् । ५० जना प्रदेश सांसदको समर्थनमा कात्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए । राईले मुख्यमन्त्री भएकै दिन ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्न कांग्रेसको अधिवेशनका कारणले  ढिलो भएको जवाफ दिएका छन् । 

Vianet communication
Laxmi Bank

कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी (एस) पार्टीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसदलाई व्यवस्थापन गर्न मुख्यमन्त्री राईलाई चुनौती हुँदै आएको  छ । केही दिनअघि नेकपा एसको केन्द्रीय कमिटीको  बैठकमा राईले मन्त्री नपाउँदा सांसदहरूले ‘दाम्लो चुँडाउन खोजेको’ बताएका चर्चा भएको थियो ।

कांग्रेस भित्रको किचलोले समेत राईलाई थप संकट पारेको छ । केन्द्रमा सभापति समेत रहेका शेरबहादुर देउवा प्रधामन्त्री छन् भने प्रदेशमा उनीइतर समूहले नेतृत्व गरेको छ । कांग्रेसकै मन्त्री तथा सांसदहरू आफूले लिएको मन्त्रालय फुटाउन नहुने अडानमा छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की आफूले नेतृत्व गरेको मन्त्रालय फुटाउन नहुने अडानमा छन् भने भौतिक पूर्वाधार मन्त्री विकास कार्की पनि आफ्नो मन्त्रालय फुट्न नदिने बताइरहेका छन् । 

सत्ता गठबन्धनको पहिलो दल कांग्रेसका मन्त्री प्रदेश सरकारमा तेस्रो वरियतामा छ । गठबन्धन दल भित्रको दोस्रो ठूलोदल माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो दोस्रो वरियतामा रहेका छन् । तेस्रो वरियतामा रहेपछि मन्त्रालय धेरै पाउनुपर्ने अडानमा काग्रेस रहेका कारणले पनि मुख्यमन्त्री राईलाई सरकार विस्तार गर्न समस्या भएको सत्तारुढ दलकै सांसद बताउँछन् ।

एउटा मात्रै सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि मन्त्रालय पाउनुपर्ने अडान लिएपछि मुख्यमन्त्री थप घेराबन्दीमा परेका छन् । मञ्चकी प्रदेश सांसद विष्णु तुम्बाहाङ्फे अहिले सामाजिक विकास राज्यमन्त्री रहेकी छन् । 

मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई, भौतिक तथा पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई विभाजन गर्ने तयारी गरेका छन् । हाल ७ वटा मन्त्रालय रहेको १ नम्बर प्रदेश सरकारमा ११–१३ वटासम्म मन्त्रालय पुर्‍याउने तयारी रहेको बताइएको छ ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेका छन् । जसमा आर्थिक मामिला मन्त्रीमा आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र राज्यमन्त्रीमा तुम्बाहाङ्फे छन् ।

मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली निर्माणका लागि आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदल सदस्यमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव किशोर चौधरी रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x