
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन् ।
बुधवार सम्पन्न कर्णाली प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा ४१ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा गणेश सिर्पाली (रुकुम पश्चिम) खुला उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई (जुम्ला), प्रमुख सचिव धर्मराज जिसी (सुर्खेत), तिलकराज वली (सल्यान) विवशकुमार सेजुवाल (सुर्खेत), युद्धजित शर्मा (जाजरकोट), अर्जुनप्रसाद भट्टराई (कालीकोट), उपेन्द्र न्यौपाने (जुम्ला) चयन भएका अध्यक्ष मण्डलका अध्यक्ष ओपेन्द्र शर्माले जानकारी दिए ।
महिला सचिवमा जाजरकोटका देवका लामिछाने र दलित सचिवमा हुम्लाका तिलसरा विक चयन भएका शर्माले बताए ।
अशोककुमार सिंहको संयोजकत्वमा ३ सदस्यीय अनुशासन, रमेश रावलको संयोजकत्वमा सल्लाहकार समिति र लेखा समिति गठन गरिएको छ ।