
पेय पदार्थ खुकुरी रमको नयाँ प्याकेजिङ आकर्षक स्वरूपमा आएको छ ।
खुकुरी रम छुट्टाछुट्टै ५ वटा स्वरूपमा आएको हो ।
‘अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीहरूको ध्यान तान्न थालेको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरूले अन्तर्राष्ट्रिय स्तरको स्वरूपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरू दिइरहेका देशभर छरिएका रहेका रमका बिक्रेताहरूले बताएका छन् ।’
रम पारखीहरूमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताको विषयमा समेत कौतुहुलता देखिएको कम्पनीले जनाएको छ । ‘नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन्,’ कम्पनीले भनेको छ ।
द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ, यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।
खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको कम्पनीले जनाएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछानेले बताए ।
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनी बताउँछन् ।

स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्तालाई शत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनको तर्क छ ।
नयाँ प्याकमा एकअर्काको पूरकको रूपमा रहेको खुकुरीले नेपालीको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने कम्पनीले जनाएको छ ।
‘खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरु बताउँछन् । उनीहरुले खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन्,’ कम्पनीले भनेको छ ।

उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ, यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रूपमा ध्यान दिइएको छ ।
‘खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ,’ कम्पनीले भनेको छ ।


