१३ असार २०८३, शनिबार

जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौँ : मन्त्री श्रेष्ठ

मंसिर १५, २०७८
जनताको पक्षमा काम गर्न प्रतिबद्ध भएर लागिरहेका छौँ  : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफुहरु लागि परेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादीनै लागि पर्ने बताइन् ।
मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उदेश्य रहेकाले आफूले मन्त्रालय सम्हालेपछि उनीहरुका पक्षमा काम शुरु गरिसकेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरूमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी आएका ३०० भन्दाबढी कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मन्त्री श्रेष्ठले पार्टीले जनपक्षीय काम गरिरहे कै कारण माओवादी केन्द्रप्रति जनताको आकर्षण बढीरहेको पनि बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्