×

NMB BANK
NIC ASIA

६० वर्षदेखि मुआब्जा माग्दै कोसीपीडित

मंसिर १६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ ।

Muktinath Bank

गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

२०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भएको थियो । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार कोसी बाढीपीडित किसानले वर्षौंदेखि नेपाल र भारत सरकारसँग क्षतिपूर्तिको माग गर्दै आएका छन् तर न राहत न क्षतिपूर्तिको अवस्थामा रहेका किसानले सङ्घर्षसमेत चलाउँदै आएका छन् ।

Vianet communication
Laxmi Bank

नापी कार्यालय सप्तरीका अनुसार, पटक पटक गरी सप्तरीको गोबरगाढा, योगिनिया, कमलपुर, भारदह, तिलाठीलगायत दुई दर्जन गाउँका दुई हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन कटान भएको छ ।

नापी प्रमुख शत्रुघन यादवका अनुसार, २०२८ सालकै नाप नक्साबाट ती किसानले पाएको जग्गाको लालपुर्जा छ तर जग्गा छैन । यसरी दशकौँदेखि सप्तरी, सुनसरी र उदयपुरको किसानको हजारौँ बिघा जग्गाको बीचबाट सप्तकोसी बगिरहेको छ । यी सबै बाढी र क्षति कोसी बाँधका ढोका भारतीय पक्षले समयमा नखोलिएका कारण भएका हुन् ।

कोसीपीडित सङ्घर्ष समितिका संयोजक महिदेव चौधरीको तीन हजार बिघा जमिन, नौलखा बगैँचा, भव्य दरबार कोसी बाढीले नै बगायो । २२ गाउँको लिल्जा बस्ती बगाउँदा तीन हजार घर परिवार सुकुम्बासी भए ।

कोसीको डरलाग्दो वितण्डा सम्झँदै संयोजक चौधरीले भने, “त्यतिबेलाको लिल्जा बस्ती अहिलेको हनुमानगर कङ्कालिनी हो । त्यो तीन हजार घरपरिवारको विशाल बस्ती नै उठीबास भएर २००८ सालतिरै राजविराजको ८० प्रतिशत मानिसले बसोबास सारेका हुन् ।”

सप्तरी महदेवा गाउँपालिका–४ का ७० वर्षीय महेन्द्र नारायण साहले ३८ वर्षअघिको कोसी बाढी सम्झिए, बाढीले सात बिघा जमिन बगर बनायो । ढिलै भए पनि सरकारले क्षतिपूर्ति दिन्छ म मरेर गए पनि कागजपत्र राख्नु भनेर बुबाले भन्नुभएको थियो ।”

कोसीपीडित किसान झिनो आस बोकेर वर्षांैदेखि क्षतिपूर्ति माग गर्दै नेपाल र भारत सरकार गुहारिरहेका छन् । राजविराज नगरपालिकाका कासिम अन्सारीले भने, “वर्षौंदेखि दुवै देशको सरकारी कार्यालय धाइसक्यौँ । आश्वासन मात्र पाइन्छ, क्षतिपूर्ति अझसम्म पाइएन । ”

कोसीपीडित सङ्घर्ष समितिले पछिल्लो पटक कात्तिक २ गते पीडित किसानको मुआब्जा उपलब्ध गराइदिन नेपाल सरकारलाई पत्र पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत मुआब्जाको माग राख्दै पत्र पठाइएको संयोजक चौधरीले जानकारी दिए ।

नेपाल र भारत सरकारको मूल्याङ्कन प्राविधिक टोलीले २०६६ सालतिर प्रत्येक वर्ष प्रतिबिघाको एक लाख पाँच हजार रुपियाँ मुआब्जा मूल्याङ्कन गरेको थियो ।

भारत सरकारको जल संसाधन मन्त्रालयले त्यही मूल्याङ्कनको आधारमा सात हजार पाँच सय बिघा जमिनको करिब ५० करोड रुपियाँ निकासा नेपाल सरकारलाई पठाउने बिलसहितको निर्देशनसमेत विहार सरकारको मन्त्रीलाई दिइसकेको थियो तर त्यहीबेला स्थानीय राजनीतिक दलका नेताहरूले छुट जग्गाको विषय उठाएपछि पीडित किसानलाई पुनः छुट फारम भर्न लगाइएको थियो ।

किसानका ४८ हजार बिघा जग्गा थप प्रमाणीकरण भए पनि त्यसपछि कुनै प्रक्रिया अगाडि नबढेको कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढा बस्तीको शनिबार अवलोकन गरेका थिए । उनले कोसीले गोबरगाढाको पश्चिमी बाँध कटान गरेकाले त्यहाँका ८० घर परिवार डुबानको उच्च जोखिममा रहेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x