कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
एमालेको १० औं महाधिवेशन सम्पन्न भएको भोलिपल्ट राजावादी पार्टी राप्रपाले एकता महाधिवेशन सुरु गरेको छ । सो एकता महाधिवेशनको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, मालेका महासचिव सीपी मैनालीसहित अन्य पार्टीका प्रतिनिधिहरु सहभागि थिए । तर एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाए । यसअघि एमालेको महाधिवेशनमा ओलीको निमन्त्रणमा राप्रपा अध्यक्ष कमल थापा सम्बोधनका लागि चितवन पुगेका थिए । सो क्रममा थापाले ओलीलाई राष्ट्रवादीको उपमा दिएका थिए ।
राप्रपाको महाधिवेशनमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई झटारो हान्न भ्याए । उनले ओलीकै कारण पार्टी फुटेर तीन टुक्रा भएको तर उनले महाधिवेशनलाई एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरे । उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’
प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो ।’
कार्यक्रममै प्रचण्डले सीपी मैनालीमाथि पनि कटाक्ष गरे । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको तथा त्यसमा प्रचण्डको पनि भूमिका रहेको बताएका थिए । त्यसपछि बोलेका प्रचण्डले मैनालीको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै राप्रपाको अध्यक्षले जस्तो टिप्पणी गरेको भन्दै कटाक्ष गरे ।
उनले आफूले लागेको कुरा बोल्ने तर सीपी मैनालीले जस्तो अर्को भाषा बोल्न नसक्ने बताए । ‘तपाईँहरू (राप्रपा)को र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँ हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरूको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’
कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले भने पार्टी अब फेरि नफुट्ने प्रतिबद्धता जनाएका थिए ।
००००
अन्य समाचार संक्षेपमा
नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
००००
नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा रामचन्द्र पौडेल पक्षले जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाएको छ । बुधबार काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा बसेको पक्षको बैठकले नुवाकोटका केसीलाई सभापतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार अध्यादेशहरू जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको छ ।
यस्तै प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।
००००
नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट बुधवारदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन ।
बुधवार गोला प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए । तीमध्ये संयुक्त ९ वटा र एकल २ वटा इजलास गठन भएका छन् ।
००००
स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट नभेटिए पनि सचेत रहन आग्रह गरेको छ ।
आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको र सावधानी अपनाई यो भेरियन्टलाई नेपालमा प्रवेश हुन नदिन तीव्ररुपमा काम भइरहेको मन्त्रालयको दाबी छ ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।
००००
पछिल्लो २४ घन्टामा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ नमूना परीक्षणमध्ये २८५ पीसीआर र ३१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५२९ पुगेको छ । मन्त्रालयका अनुसार थप २५९ जना संक्रमणमुक्त भएका छन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...