×

NMB BANK
NIC ASIA

पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्ये भाग बुटवल–नारायणघाट सडक खण्ड तोकिएको समयमै नसकिने निश्चित छ । अनेकौं व्यवधान झेल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न माग गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि निवेदन दिएको छ ।

Muktinath Bank

कोरोना कहर तथा लकडाउन, लगातारको वर्षात् सँगै साइट क्लिरियरमा ढिलाई हुँदा निर्माण कार्य प्रभावित भएको र कामको लोड पनि थपिएको भन्दै निर्माण कम्पनीले दुई वर्ष म्याद थप्न माग गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले यो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको र अहिले केही दिनदेखि नियमित विस्तारको काम चलिरहेको बताए । यहाँ दैनिक ५०० जना कामदारले काम गरिरहेको, साइट क्लिरियर गर्ने काम भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

यद्यपि तोकिएको समयमा यो पूरा हुने अवस्था नरहेको उनको भनाइ छ । तर, म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने अवस्थाको अध्ययन भइरहेको इन्जिनियर शाक्यको भनाइ छ । निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ तारिखसम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको आयोजनाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

निर्माण कम्पनीले मागेको ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग भएको छ । यो जायज हो कि होइन भनेर मूल्यांकन भइरहेको छ । कन्सलटेन्टले यसका बारेमा अवस्था के हो त्यो बुझ्न विज्ञहरुको टोली र कन्सलटेन्टले अध्ययन गरिरहेको छ ।’ इन्जिनियर शाक्यले बताए । 

लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । यी सबै काम अहिले विस्तारै चलिरहेका छन् । विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ । दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ । 

निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ । सम्झौता भएको भन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ । 

नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी नै रहेपनि सन्तोषजनक प्रगति भने नदेखिएको बताए । नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले जानकारी दिए । यो खण्डमा पनि रूख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाई भएका कारणले सडक विस्तारको काम प्रभावित भएको हो । 

उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या आएको थियो । मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न भएको छ ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणघाटलाई फास्टट्रयाक सडकले जोड्नेगरी यो सडक विस्तार आयोजना सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको कामको शिलान्यास भएको थियो । 

यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । 

सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । साइड क्लिरियर भएपछि विस्तारको काम तीव्र हुने निर्माण कम्पनीको प्रतिवद्धता छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x