जेठ ४, २०७९
नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा गरेको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो। ...
काठमाडाैं | मंसिर १६, २०७८
२ नम्बर प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेश १९ वर्षमुनि (यू–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा कर्णालीले २ नम्बर प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार ४ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । २ नम्बर प्रदेशको पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।
खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीको जीतमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे । राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए ।
बलिङतर्फ २ नम्बर प्रदेशका राजेश यादवले सर्वाधिक ६ विकेट लिए । विवेक यादवले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको २ नम्बर प्रदेशले १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो । २ नम्बर प्रदेशका लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे । सन्तोष कार्कीले ११ रन बनाए । ५ खेलाडी शून्यमै आउट भए ।
कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए । ७ प्रदेश सम्मिलित प्रतियोगिताका शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् ।
फाइनल खेल मंसिर १९ गते हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जीत र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमध्ये ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ ।
लीगको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार खेल्नेछ । बागमती प्रदेश ५ खेलमध्ये २ मा जीत र ३ मा हारसहित ४ अंकका साथ चौंथो स्थानमा छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा गरेको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो। ...
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।...
इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । आर्सनलले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । आर्सनलको नयाँ जर्सी एडिडास कम्पनिले बनाएको हो । आर्सनलले अघिल्लो...
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । मुम्बईमा बिहीबार राति बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ...
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । मुम्बईमा शुक्रबार राति चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान प्ले अफमा पुगेको हो । राजस्थान सन् २०१८ पछ...
नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लीगको घोषणा गरेको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लीगको औपचारिक रुपमा घोषणा गरेको हो। ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...