०५ असार २०८३, शुक्रबार

सुरक्षा गार्डको हत्या गरी पैसा लुटेको आरोपमा २ जना पक्राउ

मंसिर १६, २०७८
सुरक्षा गार्डको हत्या गरी पैसा लुटेको आरोपमा २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सहकारीका सुरक्षा गार्डको हत्या गरी पैसा लुटेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुका विक्रम कार्की र सोही स्थानका सुमन कार्की रहेका प्रहरीले जनाएको छ ।

उनीहरूले दोलखाको गौरीशंकर गाउँपालिका जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थाका सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरी सहकारीबाट १ लाख ८५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

कार्कीद्वयले खड्कालाई डोरीले पछाडि हात बाँधेर विभत्स रूपमा हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनालाई सीआईबीले थप अनुसन्धानका लागि दोलखा पठाउने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्