०३ असार २०८३, बुधबार

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.० डिग्रीसम्म झर्‍यो

मंसिर १६, २०७८
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.० डिग्रीसम्म झर्‍यो

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी ३ दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (कम दबाब प्रणाली) को चापका कारण  बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो । 

यो क्रम आगामी शनिवारसम्म कायम रहने भएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा बागमती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती  प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । 

शुक्रवार देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा बागमती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही  स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औंल्याइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ० डिग्री र अधिकतम तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । 

बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्