जेठ ६, २०७९
शेयर बजारमा पहिलो पटक शुक्रबार पनि कारोबार शुरू हुन थालेको छ । सरकारले सातामा २ दिन विदा दिने निर्णय लागू भएसँगै शुक्रवार शेयरको कारोवार हुन थालेको हो । अब हरेक साता शुक्रवार शेयरको कारोबार भएर आ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा बिहीवार ४९.०४ अंकले गिरावट आई २ हजार ५८४.६१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अंकले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको ९ लाख ३२ हजार ७३१ कित्ता शेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
शेयर कारोबार हुने हप्ताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १७.८८, व्यापार ३६.०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत् ६६.६५, वित्त ९३.३७, निर्जीवन बिमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.६९, लघुवित्त ८४.४, जीवन बिमा २३०.८३, सामूहिक लगानी कोष ०.२ र लगानी १.४१ अंकले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा बिहीवार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी ११ करोड ७९ लाख १९ हजार २२, नेसनल हाइड्रोपावर १० करोड ९७ लाख ५० हजार ३४७, नेपाल दूरसञ्चार कम्पनी ९ करोड ८६ लाख ४७ हजार ४४ र नबिल बैंक ९ करोड १५ लाख ८८ हजार १०० रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।
शेयर बजारमा पहिलो पटक शुक्रबार पनि कारोबार शुरू हुन थालेको छ । सरकारले सातामा २ दिन विदा दिने निर्णय लागू भएसँगै शुक्रवार शेयरको कारोवार हुन थालेको हो । अब हरेक साता शुक्रवार शेयरको कारोबार भएर आ...
शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०७ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि भएको छ । गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा...
सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कं. लि. र एक एक पाईला फाउण्डेशन संस्थामा सम्झौता भएको छ । कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अ...
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारीहरू सिफारिश गरेको छ । बोर्डले लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छानिएकाहरूलाई पदपूर्तिका लागि सिफारिश गरेको हो । सूचना...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्याफिटिङ्गबीच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्र...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...