×

NMB BANK
NIC ASIA

यस्तो बन्यो राजेन्द्र लिङ्देन र कमल थापाको प्यानल

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट पार्टीको नेतृत्व हत्याउन २ नेता प्यानल बनाएर निर्वाचनमा भिड्ने भएका छन् ।

Muktinath Bank

बुधवारबाट काठमाडौंमा राप्रपाको एकता महाधिवेशन शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही जिल्लाका प्रतिनिधिहरू टुंगो लगाउन नसक्दा नेतृत्व चयनका लागि मतदान भने टुंगो लाग्न सकेको छैन । 


Advertisment
Nabil box
Kumari

वर्तमान अध्यक्ष कमल थापा महाधिवेशनबाट पुनः पार्टी नेतृत्वमा दोहोरिने तयारीमा छन् भने नेता राजेन्द्र लिङ्देन थापालाई कुनै पनि हालतमा पार्टी नेतृत्वबाट विस्थापित गर्ने योजनामा छन् ।

Vianet communication
Laxmi Bank

दुवै नेताले निर्वाचनमा भिड्नका लागि आ–आफ्नो प्यानल तयार गरेका छन् । 

अध्यक्षका आकांक्षी लिङ्देनले ४ उपाध्यक्ष र महामन्त्री पदका उम्मेदवार तयार गरेका छन् ।

राप्रपाले १ महिलासहित ४ उपाध्यक्ष र १ महिलासहित ३ महामन्त्री प्रतिनिधिको मतबाट निर्वाचित हुने व्यवस्था गरेको छ ।

लिङ्देनको प्यालनबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय चुनाव लड्ने निश्चित भएको छ । महिला उपाध्यक्षमा भने लीला श्रेष्ठ उम्मेदवार हुने भएकी छिन् ।

लिङ्देनको प्यालनबाट महामन्त्रीमा डा. धवलशमशेर राणा, श्याम तिमल्सिना र रेखा थापा चुनाव लड्ने भएकी छिन् ।

लिङ्देनले केन्द्रीय सदस्य उम्मेदवारको सूची भने तयार पारिसकेकी छैनन् ।

अध्यक्षमा दोहोरिने योजनामा रहेका कमल थापाको पनि प्यानल तयार भएको छ । थापाको नेतृत्वमा बनेको प्यानलमा पनि उपाध्यक्षमा विक्रम पाण्डेको नाम समावेश गरेका छन् । त्यसबाहेक उपाध्यक्षमा बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधानको नाम रहेको छ । थापा प्यानलबाट महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार बन्ने भएकी छन् । 

थापा प्यानलको महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार बन्ने टुंगो लागेको बताइएको छ । 

राप्रपामा उपाध्यक्ष र महामन्त्री बाहेकको पदमा अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । 

राप्रपाले महाधिवेशनबाट १४९ जना केन्द्रीय सदस्य निर्वाचित गर्छ भने बाँकी ५० जना केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x