साउन २५, २०७९
पोखराको फूलबारी रिसोर्ट किन्न एउटा मात्रै व्यापारिक कम्पनीको आवेदन परेको छ । पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टका सञ्चालक पियुसबहादुर अमात्यले नेपाल बैंकबाट लिएको साढे ३ अर्ब रुपैयाँ ऋण तिर्न नसकेपछि उ...
पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।
त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४०० मिटर लामो यो केबुलकारका १३ टावर छन् । यो केबुलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।
करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए ।
केबुलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १०० जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेशन भवनमा स्काइ हेवन बेलुन रेष्टुरेन्ट, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, बगैँचासहितको संरचना निर्माण भएको छ ।
केबुलकारमा जाने र आउने शुल्क रु ६०० निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ । विदेशीका लागि भने रु ७०० र ८०० भाडा कायम गरिएको छ । सार्क देशका पर्यटकलाई प्रतिव्यक्ति रु ७०० र अन्य मुलुकका पर्यटकलाई रु ८०० लाग्ने गरी टिकट शुल्क तय गरिएको छ ।
पोखराको फूलबारी रिसोर्ट किन्न एउटा मात्रै व्यापारिक कम्पनीको आवेदन परेको छ । पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टका सञ्चालक पियुसबहादुर अमात्यले नेपाल बैंकबाट लिएको साढे ३ अर्ब रुपैयाँ ऋण तिर्न नसकेपछि उ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र...
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ । साउन १९ देखि २३ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू एवं शाखा, ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताएका छन् । समाजवादी प्रेस स...
विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ...
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...