०४ असार २०८३, बिहीबार

मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का

मंसिर १६, २०७८
मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशङ्का

मेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

यही मङ्सिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा आज दिउँसो ३ बजेतिर कालपोखरी भन्ने ठाउँमा मृत फेला परेका हुन् । बोहरा मृत फेला परेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय पाटन र शिवलिङ्ग प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।

बाटोबाट करिब २५० मिटर तल भिरमा बोहराको शव फेला परेको खबर आएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

यता बोहराका आफन्तले भने हत्याको आशङ्का गरेका छन् । उनीहरुले घटनाको विषयमा छानबिन गर्नुपर्ने बताएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्