२८ जेठ २०८३, बिहीबार
कामु प्रधानन्यायाधीशबारे अन्योल

शुक्रवार पनि गोलाप्रथाबाट तोकियो पेशी, कामुको अन्योल कायमै

मंसिर १७, २०७८
शुक्रवार पनि गोलाप्रथाबाट तोकियो पेशी, कामुको अन्योल कायमै

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थिति र कामु प्रधानन्यायाधीश तोक्ने बारेको अन्योलका बीच शुक्रवार पनि गोलाप्रथाबाट पेशी तोकिएको छ ।

न्यायाधीशहरू आफैंले गोला तानेर ११ वटा इजलासमा पेशी तय गरेका हुन्छ ।

न्यायाधीशहरू दीपककुमार कार्की र मनोज कुमार शर्माको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ ।

त्यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ।

त्यसैगरी प्रकाशमान सिंह राउत र हरिप्रसाद फुँयालको संयुक्त इजलास, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलास, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलास तोकिएको छ ।

त्यसैगरी हरिकृष्ण कार्कीको एकल इजलास, प्रकाशकुमार ढुंगानाको एकल इजलास तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका कारण कायममुकायम प्रधानन्यायाधीश तोक्नुपर्ने प्रश्न नेपाल बार एसोसिएसनले उठाएपछि विगत दुई दिनदेखि गोला प्रणालीबाट पेशी तोकिँदै आएपनि सबैखाले मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन ।

बन्दी प्रत्यक्षीकरणसहितका सीमित प्रकृतिका मुद्दा मात्र सुनुवाइ हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्