२१ जेठ २०८३, बिहीबार

हाम्रो पात्रो एपबाट दुई महिनामै भित्रियो एक करोड बढीको रेमिट्यान्स

मंसिर १७, २०७८
हाम्रो पात्रो एपबाट दुई महिनामै भित्रियो एक करोड बढीको रेमिट्यान्स

हाम्रो पात्रो एपबाट एक करोडभन्दा बढीको  रेमिट्यान्स नेपाल भित्रिएको छ । 

एउटै एपमार्फत् विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुई महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो ।  

हाम्रो पात्रो इंक। का सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार  धन्यवाद व्यक्त गरेका छन्  ।

‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,  म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुविधा दिनु हो,’ उनले भने, ‘अबको केही समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुविधा शुरू गर्ने गृहकार्य गर्दैछौँ ।’

त्यस्तै  इन्स्ट्यान्ट ट्रान्सफर सुविधा चाँडै आउने उप्रेतीको भनाइ छ । उनका अनुसार पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ ।

‘रेमिट सेवा शुरू भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट शुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्,’ उनले भने । 

हाम्रो पात्रो एप यसअघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बनेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्