![प्रमोद खरेलको ‘खै कसरी’ भयो सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Jyoti_gurung_final_OgeykkiezV.jpg)
गायक प्रमोद खरेलको स्वरमा रहेको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ ।
बिहीवार जेजी क्रियशन युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
ज्योति गुरुङको शब्दमा रहेको गीतको लय संगीतकार गंगाराज राईको रहेको छ ।
गीत किङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
भिडियोमा नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्माको अभिनय छ ।