×

NMB BANK
NIC ASIA

एमालेको लाइन

चितवनबाट फर्केपछि एमालेको एजेण्डा– राजनीतिक निकासका लागि अर्ली इलेक्सन

मंसिर १७, २०७८

NTC
Premier Steels

संघीय संसद्को प्रमुख दल नेकपा एमालेले मुलुकको राजनीतिक निकासको एकमात्र विकल्प प्रतिनिधि सभाको चुनाव भएको बताएको छ । ताजा जनादेशबाट मात्र समस्याको समाधान निस्कने एमालेको निष्कर्ष छ । 

Muktinath Bank

काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको समय बर्बाद हुन नदिन पनि अब मुलुक ताजा जनादेशमा जानुपर्ने पार्टीको धारणा सुनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावले मात्र निकास दिने भन्दै ओलीले प्रधानमन्त्री रहेको समयमा गत वर्ष पुस ५ गते र यसै वर्षको जेठ ८ मा प्रतिनिधि सभा विघटन गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए । 

Vianet communication

‘निष्पक्ष ढंगले चल्ने खालको सरकारका निम्ति निर्वाचन जरुरी छ । अब ताजा जनादेशमा जानु पर्छ । ताजा जनादेशबाट समस्याको समाधान निस्किन्छ,’ ओलीले भने, ‘जनताले सबै कुराको मूल्यांकन गरेका छन्, मूल्यांकनका आधारमा उपयुक्त फैसला गर्नेछन् । जनतामा जान डराएर कृत्रिम ढंगले सत्ता चलाउने कुरा हुन सक्दैन ।’

सरकार सञ्चालनमा गठबन्धन असफल भइसकेको ओलीले दाबी गरे ।

‘राष्ट्रिय राजनीति जसरी अन्यौलग्रस्त भएको अवस्था छ, यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने क्रममा लाग्छौं हामीहरू । देश अहिले वर्तमान गठबन्धनको सरकार छ, यसबाट देश चलिरहेको छैन । सबैले अनुभूत गरेको कुरा हो, भन्ने नभन्ने बेग्लै कुरा हो । सरकार चलिरहेको छैन, यस्तोलाई चलेको भन्ने हो भने नचलेको केलाई भन्ने ?’ ओलीले भने, ‘यसप्रकारको गतिहीनता मुलुकले लामो समय भोग्न सक्दैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ । देशको समय बर्बाद गर्नु हुँदैन ।’​

संसद् चल्न नदिने संकेत

सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता समेत रहेका ओलीले मंसिर २८ गतेदेखि शुरू हुने संसदको हिउँदे अधिवेशन चल्न नदिने संकेत गरे ।

पार्टीले निस्कासन गरेका सांसद सहभागी गराएर संसद् बैठक चल्न नसक्ने उनले बताए । 

‘संसद् किन बोलाइएको थाहा छैन, तर निष्काशित व्यक्तिलाई संसद्भित्र राखेर संसद् कसरी चल्न सक्छ ? नियमले गैरसांसदलाई बस्न दिँदैन । २८ गतेको संसद् बैठकमा उनीहरू आउँछन् भने बैठक चल्न सक्दैन,’ ओलीले भने । 

माधव नेपाललगायत १४ सांसदलाई निष्काशन गर्ने निर्णय सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले लामो समय संसद् अवरुद्ध गरेको थियो । 

एमालेले भदौ २४ गते शुरू गरेर कात्तिक १२ गते सकिएको संसद्को अधिवेशनभर अवरोध गरेको थियो । 

ओलीले सभामुख अग्नि सापकोटाले एमालेका विरुद्ध सत्ता पक्षसँग लागेर अपवित्र गठबन्धन गरेर एमाले फुटाउन लागेको आरोप लगाए । 

सरकारको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले मंसिर २८ गतेको लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x