×

NMB BANK
NIC ASIA

बाफल घटना : जलेर मृत्यु भएको भनिएका व्यक्ति जीवित भेटिएपछि खुल्यो पोल

मंसिर १७, २०७८

NTC
Premier Steels

मंसिर ७ गते खेमराज अधिकारी भन्ने व्यक्तिले काठमाडौं महानगरपालिका–१३ बाफल गाईबाच्छापाटीमा आफ्नो साथीको हत्या भएको भन्दै प्रहरीलाई खबर गरे । सोही खबरअनुसार पुगेको प्रहरीले घटनास्थलमा शव जलेको अवस्थामा फेला पार्‍यो । शरीर पूरै जलेकाले कसको शव हो भन्ने कसैले ठम्याउन सकेनन् । 

Muktinath Bank

खेमराजले भने आफ्नो साथी ताहाचलका सुशील शर्मा (३३) त्यहाँ बस्ने भएकाले उनलाई कसैले जलाएको हुन सक्ने भनेर प्रहरीमा खबर गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले खेमराजलाई त्यो दिन सोधपुछ गर्‍यो । अर्को दिन फेरि प्रहरीले अनुसन्धानका लागि उनलाई घटनास्थल लगेर गयो । 


Advertisment
Nabil box
Kumari

तर, त्यहाँ पुग्दा भने मृतक भनिएका सुशील सकुशल नै भेटिए । सुशीलकै शव भनेर अनुसन्धान गरेको प्रहरीलाई अब त्यो शव कसको भन्ने पत्ता लगाउन झन् हम्मे पर्‍यो । 

Vianet communication

प्रहरीले सुशीललाई पनि नियन्त्रणमा लियो । तर, उनले आफूलाई केही थाहा नभएको बताए । 

प्रहरीले घटनास्थलबाट मृतकको चप्पल, जलेको कपडा, लौरो र टोपी फेला पारेको थियो । त्यसैका आधार उनको सनाखत गर्ने प्रयास गरिरहेको थियो । तर, पनि प्रहरीले मृतक को हुन् भन्ने पत्ता लगाउन सकेको थिएन । 

अनुसन्धानकै क्रममा प्रहरीले ती मानिसले वृद्ध भत्ता खाँदै आएको र सडक माग्दै गुजारा चलाउँदै आएको भन्ने पत्ता लगाउँछ । त्यसपछि प्रहरीले औंठा छापका आधारमा काठमाडौंका स्थानीय तहहरूमा खोजी गर्‍यो । त्यहाँ पनि नभेटिएपछि प्रहरी काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहमा खोजी गर्दा तिमाल गाउँपालिका–८ घर भई बाफल बस्ने टोपबहादुर भन्ने ७६ वर्षीय हर्कबहादुर बानियाको भएको भन्ने प्रहरीले पत्ता लगायो । 

यता प्रहरीले हत्याका दोषी को हुन सक्छ भनेर पनि अनुसन्धान गरिरहेको थियो । त्यही क्रममा ती वृद्धसँग सुशील प्रायः बस्दै आएको भन्ने प्रहरीले पत्ता लगाइसकेको थियो । 

रक्सीको तालमा हत्या !

हर्कबहादुर र सुशील बेलुका सधैँसँगै बसेर रक्सी खाने गरेका थिए । त्यो दिन पनि दुवैजना रक्सी आएर हर्कबहादुरको कोठामा पुगे । 

सुशीलले प्रहरीलाई बताएअनुसार रक्सी खाएपछि हर्कले सुशीललाई मुख छाडेर गाली गर्ने गरेका थिए । 

दुवै जनाबीच मंसिर ७ गते बेलुका झगडा भयो । हात हालाहाल हुँदा हर्कलाई सुशीलले भित्तामा ठोक्काए । त्यसपछि उनी बेहोस भएर लडे  । 

‘छाम्दा चिसो भएको र हर्कको मृत्यु भएको भन्ने लागेपछि सुशीलले चुरोट सल्काएर खाए,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरलाई भने, ‘त्यसपछि हर्कको जलाएर हत्या गरियो ।’ 

त्यसपछि सुशील त्यहाँबाट भागेर साथीको कोठामा बस्दै आएका थिए । उनलाई हत्या भएको तेस्रो दिन पक्राउ गरेर अनुसन्धान गरिरहेको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रहरीका अनुसार सुशीलले आफूले रक्सीको तालमा हत्या गरेको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x