×

NMB BANK
NIC ASIA

सौताको छोरालाई विष खुवाएर हत्या

मंसिर १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नै सौताका १० वर्षीय छोरालाई विष खुवाएर हत्या गरेको आरोपमा एक महिलालाई कैलाली प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-२ घर भई हाल कैलाली धनगढी उपमहानगरपालिका-२ मालिका टोलस्थित रोहिणीप्रसाद जोशीको घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको हो । रोकायाले आफ्नी सौता निर्मला थापामगरका छोरा निशान्त थापामगरलाई विषादी खुवाई हत्या गरेको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने निशान्तलाई उनले मंसिर २ गते विष खुवाई आफ्ना २ बच्चासहित सम्पर्कविहीन बनेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मागीका श्रीमान बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले बुझ्नलाई डेरा गरी बस्ने कोठामा पठाएका थिए । 

Vianet communication
Laxmi Bank

डेरा कोठा पुग्दा कोठाको अगाडिको मूल ढोका बन्द भई पछाडिपट्टिको ढोका खुल्ला रहेको, कोठाभित्र पंखा चालू अवस्थामा रहेको, कोठाभित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको र अन्य मानिसहरू उक्त डेरा कोठामा कोही नभएको भनी उनीहरूका आफन्तबाट प्रहरी कार्यालयमा जानकारी प्राप्त भएको बताइएको छ । 

प्रहरीले तत्काल घटनास्थलमा सो डेरा कोठाभित्र हेर्दा मागी रोकायासँगै बस्ने गरेका निशान्त मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक जोशीले जनाए । प्रहरीले तत्काल भारतीय प्रहरीको सहयोगमा खोजी कार्य थालेको थियो ।

उनलाई मंसिर १६ गते भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याइएको प्रहरीले बताएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मागीका श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहेको र करीव ३ वर्ष अघिदेखि निशान्त थापामगरकी आमा निर्मला थापामगरसँग भारत मै विवाह गरी सँगै बस्दै आएका थिए ।

करीब ३ वर्षअघि नै मागी १४ वर्षकी छोरी र ८ वर्षको छोरालाई पढाउन धनगढीमा बस्दै आएकी थिइन् । बहादुर रोकायाले निर्मलालाई विवाह गरिसकेपछि छोरा निशान्तलाई पढाउन धनगढीस्थित हिमालय एकेडमीमा बोर्डस राखेका थिए । करीब २ वर्ष अघिदेखि निशान्तलाई मागी रोकाया र उनका छोराछोरीसँगै राखिएको थियो ।

मागी र उनका श्रीमानबीच वादविवादका कारण निशान्तले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।

घटनाअघिसमेत फोन संवाद हुँदा श्रीमान-श्रीमतीबीच वादविवाद र झैझगडा भएको र रिसको झोंकमा मागीले कात्तिक २९ गते मृतक निशान्त स्कुलबाट फर्किएपछि थाहा नपाउने गरी दूधमा मुसा मार्ने औषधि मिसाई खुवाएको प्रहरीले जनाएको छ । 

मागीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x