३० जेठ २०८३, शनिबार

एमाले चितवनकी अध्यक्ष रावलको अगुवाइमा महाधिवेशनस्थल सौराहामा सरसफाइ

मंसिर १७, २०७८
एमाले चितवनकी अध्यक्ष रावलको अगुवाइमा महाधिवेशनस्थल सौराहामा सरसफाइ

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनस्थल सौराहामा नेकपा एमाले चितवनले सरसफाइ गरेको छ ।

एमालेकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला अध्यक्ष पार्वती रावलको अगुवाइमा बिहीवार सरफाइ गरिएको हो ।

एमाले महाधिवेशनको बन्दसत्र पर्यटकीय नगरी सौराहामा भएको थियो ।

महाधिवेशनस्थलको सरसफाइ गर्नु आफूहरूको उत्तरदायित्व नै भएको ठानेर सरसफाइ गरिएको अध्यक्ष रावलले बताइन् । 

त्यसक्रममा झाडु लगाउनुका साथै फोहोरहरू टिपेर प्लास्टिकमा प्याक गरी व्यवस्थापन गरिएको थियो ।

सरसफाइ कार्यक्रममा केन्द्रीय सदस्य कपिल पोखरेल, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दवाडी तथा स्थानीय नेता कार्यकर्ताको समेत सहभागिता थियो ।

यसअघि नारायणी किनारमा पनि महाधिवेशनको उद्घाटन समारोह सकिएपछि स्वयं सेवक, पार्टीका भ्रातृ संगठन र एमाले चितवनले सरसफाइ गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्