×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

राप्रपामा महाधिवेशन : कमल थापा र रेखा थापाबीच किन चल्यो जुहारी ?

मंसिर १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनअन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदानको कार्यक्रम रहेको छ । दुई पक्षले नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी दर्ता गरेपछि राप्रपाको चुनावी माहोल तातिएको छ । पूर्वपञ्चहरुको यही पार्टीको महाधिवेशनलाई आज (२०७८ मंसिर १८ गते) हामी प्रमुख समाचार बनाउँदैछौँ । यस्तै बितेका २४ घण्टामा देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई पनि ‘लोकन्तर राउण्ड अप’ समेट्ने प्रयास गरिएको छ।
कमल थापा–रेखा थापा जुहारी
राप्रपाको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्नेन प्यानलसहित चुनावी मैदानमा छन् । राप्रपामा पुरानै पुस्ताको नेतृत्व रहने कि नयाँ पुस्ताको भन्नेमा तीव्र बहस छ । यहीबीचमा प्यानलसहितै चुनावी प्रतिस्पर्धा भएपछि उम्मेदवारहरु एकले अर्कालाई कमजोर देखाउनका लागि सबै अस्त्रको प्रयोग गर्नमा तल्लीन देखिएका छन् भने नेताहरु आरोप प्रत्यारोपमा समेत उत्रिएका छन् ।

Muktinath Bank

यस्तैमा राप्रपा अध्यक्ष कमल थापाले रेखा थापालाई गणतन्त्रवादी भएको भन्दै कटाक्ष गरेका छन् । रेखा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार बनेपछि कमल थापा उनीविरुद्ध खनिएका हुन् । थापाले सामाजिक सञ्जालमा रेखाको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै ‘हाहा नो कमेन्ट’ भनेका छन् । जुन क्लिपमा रेखाले आफूले गणतन्त्र छान्ने भन्दै नेपालीले कार्यकारी प्रमुख हुने अवसर यही व्यवस्थाले दिने तर्क गरेकी छिन् ।’ हिन्दुवादीको पार्टी राप्रपामा गणतन्त्र पक्षधर रेखाको उम्मेदवारी परेको पुष्टि गरेर उनलाई हराउने मनसाय कमल थापामा देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, कमल थापाको यो टिप्पणीपछि रेखाले पनि थापालाई जवाफ फर्काएकी छन् । उनले कमल थापा राष्ट्रवादी नभइ अवसरवादी भएको टिप्पणी गरेकी छिन् । रेखाको भनाइमा एमसीसी पक्षधर कमल थापा राष्ट्रवादी हुन सक्दैनन् । कमल थापाले जस्तै भिडियो क्लिप शेयर गर्दै रेखाले भनेकी छिन्, ‘ ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् ।


Advertisment
Nabil box
Kumari

राप्रपाको एकताको महाधिवेशन मंसिर १५ देखि राजधानीको भृकुटीमण्डपमा सुरु  भएको हो । नेतृत्व चयन गर्दै शुक्रबार नै महाधिवेशन सम्पन्न गर्ने भनिएपनि लम्बिन पुगेको छ भने एकताको भनिएको महाधिवेशनमा स्पष्ट दुई धार देखिएको छ । जसले आगामी दिनमा पार्टीभित्र गुटबन्दी मौलाउन सक्ने पनि कतिपय राप्रपाका नेता कार्यकर्ता बताउँछन् ।

Vianet communication
Laxmi Bank

राप्रपाको नयाँ कमिटीका लागि अध्यक्ष र पदाधिकारीसहित २६६ जनाको उम्मेदवारी परेको छ । जसबाट एक अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री र १४९ केन्द्रीय कमिटी सदस्य निर्वाचित हुन्छन् ।
अन्य समाचार छोटकरीमाः
कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रवार बिहानको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। परीक्षामा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ ।
००००
प्रदेश महाधिवेशनमा व्यस्त काँग्रेसको निर्वाचन प्रक्रिया सुरु भएको छ । शुक्रबार विभिन्न प्रदेशमा आकाँक्षीले नेतृत्वका उम्मेदवारी दर्ता गराएका छन् भने आज मतदान हुनेछ ।  काँग्रेसको महधिवेशन भने मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ ।
००००
सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका उक्त सहकारीका सञ्चालक इच्छाराज तामाङले करीब १२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी बयानमा स्वीकार गरेका छन् ।
करीब २ हजार १ सय जनाजति संस्थाका सदस्य वचतकर्ता रहेको उनले बताए । उक्त संस्थाका वचतकर्ता सदस्यहरूलाई करीब ७ अर्ब जति रकम फिर्ता गर्नुपर्ने रहेको उनले बताएका छन्।

त्यसैगरी सिभिल होम्स समेतका सबै कम्पनीहरूबाट ५ अर्ब जति कर्जा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई तिर्न बाँकी रहेको उनले बताएका छन्।
तर उक्त दायित्व आफ्नो व्यक्तिगत नभई संस्थाको दायित्व रहेको उनले जिकिर गरेका छन् ।
००००
सर्वोच्च अदालतमा ५ हप्तापछि निकै उत्साहजनक सुनुवाइ भएको छ । शुक्रवार १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश भएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् ।
पत्रकारसँग शुक्रवार कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए ।
००००
यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।
गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउन लाग्ने बताएका छन् । मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए ।

काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै ओलीले देशको समय बर्बाद हुन नदिन ताजा जनादेशमा जानुपर्ने बताएका हुन् ।
००००
छिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको जनाएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमूना परीक्षणमध्ये २२३ पीसीआर र २३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।नेपाल–कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x