२१ जेठ २०८३, बिहीबार

बसले ट्रयाक्टरलाई ठक्कर दिँदा १ जनाको मृत्यु

मंसिर १८, २०७८
बसले ट्रयाक्टरलाई ठक्कर दिँदा १ जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–८ चुवाको पराधिमा शनिवार बिहान बसले ट्रयाक्टरलाई ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । 

ट्रयाक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरूमध्ये ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार १४ जना सामान्य घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्