०७ असार २०८३, आइतबार

पत्याउनुहुन्छ ? १.८० करोडको सडक उद्घाटनका दिन सडक फुट्यो तर नरिवल फुटेन !

मंसिर १८, २०७८
पत्याउनुहुन्छ ? १.८० करोडको सडक उद्घाटनका दिन सडक फुट्यो तर नरिवल फुटेन !

कुनै पनि कुरा उद्घाटन गर्दा नरिवल फुटाउने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिन सडक उद्घाटनका क्रममा सडकमै नरिवल फुटाउन खोजियो तर नरिवल फुटेन, सडक फुट्यो ।

भारतको उत्तर प्रदेशस्थित बिजनौरको यो घटना यतिबेला चर्चामा छ । बिजनौर विधानसभा क्षेत्रकी विधायक मौसम चौधरीलाई ७.५ किलोमिटरको सडक उद्घाटनमा बोलाइएको थियो । चौधरीले सडकमा नरिवल फुटाउन खोज्दा फुटेन, अरु त्यो नरिवलले सडक नै फुट्यो । सडक १ करोड ८० लाख रुपैयाँ लागतमा बनाइएको थियो ।

उद्घाटनकै क्रममा सडक फुटेपछि उद्घाटन कार्य स्थगित गर्दै छानबिन समिति गठन गरिएको छ । छानबिन समितिसँगै निर्माण सामग्रीको नमूना संकलन गरिएको छ भने परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । 

कमेन्ट गर्नुहोस्